हामीसँग जोडिनुहोस

क्षेत्र नं. १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका गोसाई विजयी

0 मिनेट

भक्तपुर, ८ मङ्सिर : भक्तपुर क्षेत्र नं. १ प्रदेशसभा (२) मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाई विजयी हुनु भएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको हलमा आज सम्पन्न मतगणनाको परिणाम अनुसार गोसाईले २९ हजार ७०४ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पवन भुजुले तीन हजार १६१ मत प्राप्त गर्नु भएको छ । त्यस्तै एमालेका उम्मेदवार नारायणसुन्दर सिन्तकलाले दुई हजार ४२८, राप्रपाका रोशन नापितले १ हजार ९०५ मत प्राप्त गर्नु भएको छ । समानुपातिकतर्फको मतगणना भने जारी रहेको छ ।

 

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।