हामीसँग जोडिनुहोस

मधेस प्रदेशको ६४ मध्ये ३२ प्रदेशसभा क्षेत्रको परिणाम सार्वजनिक

1 मिनेट

काठमाडौँ, ०८ मंसिर ।
मधेस प्रदेशको ६४ प्रदेशसभा क्षेत्रमध्ये ६० वटामा मतगणना जारी रहँदा अहिलेसम्म ३२ वटाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ७ वटा प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ ।

यसले मधेस प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न लागेको संकेत गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेले ५, जनमत पार्टीले ५, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले ४र४ प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ ।

नेपाली कांग्रेसले ५, नेकपा एमालेले ६, जनमत पार्टी १, जसपा ४ र लोसपाले ४ क्षेत्रमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले ३ प्रदेशसभा क्षेत्रमा जीत निकालेको छ भने दुई प्रदेशसभा क्षेत्रमा अग्रता कायम गरेको छ ।

नेकपा एकिकृत समाजवादीले दुईवटा प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रता कायम गरेको छ । त्यस्तै दुई प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले जीत निकालेका छन् भने ४ वटा प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।