हामीसँग जोडिनुहोस

कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

1 मिनेट

सोल, मङ्सिर ८  ।

दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जनाभन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घण्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् ।

यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाखभन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार यहाँ अघिल्लो दिनको तुलनामा भने सङ्क्रमितहरु कम भएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ ७० हजार तीन सयभन्दा बढी सङ्क्रमित पाइएको थियो ।

तर, अधिकारीहरुले यहाँ अघिल्लो हप्ताको तुलनामा भने यस हप्ता सङ्क्रमितहरु झन् बढेको बताएका छन् । अघिल्लो हप्ता दिनमा बढीमा ५५ हजार जना सङ्क्रमित देखिएकामा यस हप्ता बढेका बताएका हुन् ।

यहाँ यस हप्ता कोभिडबाट ५९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यो समेतगरी यहाँ कोभिडबाट ज्यान जाने नागरिकको संख्या ३० हजार दुई सय २३ जना पुगेको छ । रासस \ सिन्ह्वा

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।