हामीसँग जोडिनुहोस

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

1 मिनेट

काठमाडौं, मंसिर ८ ।

सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पाँच विकेटले हरायो । कर्णालीले दिएको एक सय २८ रनको विजयी लक्ष्य सुदूरपश्चिमले २६।२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

सुदूरपश्चिमको जितमा मिलन बोहोराले ४२ रन बनाउनुभयो । दीपक बोहोराद्वयले समान २०र२०, सुनिल चन्दले १३ र अनुराग सिंहले १० रन बनाउनुभयो । बलिङमा कर्णालीका अनुज चुनाराले तीन तथा सन्दीप शाही र मोहन विकले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले अविजित ३५ रन बनाउनुभयो । सुवास ऐरले ३०, कप्तान विपीन रावलले १९ र आवाश शाहले १५ बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका मिलन बोहोराले तीन विकेट लिनुभयो । नरेन साउदले दुई तथा हेमन्त धामी र कैलाश ऐरले एक एक विकेट लिनुभयो ।

सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेटसंघ (क्यान) ले जनाएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।