हामीसँग जोडिनुहोस

१० करोड कमायो ‘महापुरुष’ले

1 मिनेट

काठमाण्डौ, १२ मंसिर ।
पाचौँ हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ले दश करोड रुपैयाँ कमाइ गरेको छ । निर्माण पक्षले हिजो पत्रकार सम्मेलन गर्दै चलचित्रले चौथो हप्तामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् ।

चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलोहप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । पाचौँ हप्तामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा लेखकसँगै निर्देशक समेत रहेका प्रदीप भट्टराईले चलचित्र निर्माणको उद्देश्य व्यक्त भावनालाई भन्नु रहेको बताए । महापुरुषले गरेको व्यापारले आफ्नै कगा भन्न झनै प्रोत्साहन मिलेको उनको भनाइ छ । जात्रा मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले शत्रु गते, जात्रै जात्रा र महापुरूष गरेर लगातारा चार चर्चित चलचित्र दिइसके ।

धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू चलचित्रले भन्ने उनले बताए । स्वदेश मात्र नभई विदेशमा समेत चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । उनका अनुसार चलचित्रले अमेरिकाको डलासमा ५१ औँ दिन पार गर्न सक्छ ।

यस्तै यो चलचित्र नोभेम्बर २० देखि युरोपका विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको छ । मध्यपूर्वी देशहरू अन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ । मध्य पूर्वका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप चलचित्र्सका सञ्चालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा चलचित्र ‘महापुरूष’ प्रदर्शन हुने जानकारी दिए ।

एक्लोपनको कथा देखाइएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।