हामीसँग जोडिनुहोस

घट्यो ब्रोइलर कुखुराको मासु

1 मिनेट

काठमाडौं, १६ मंसिर ।
बजारमा अन्य खाद्यवस्तुको भाउ बढिरहँदा ब्रोइलर कुखुरा मासुको भाउ भने केही सातादेखि निरन्तर घटेको छ । भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेको व्यवसायी बताँछन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।
असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य असोज ३१ मा प्रतिकिलो २ सय ६० रुपैयाँ तोकियो । मंसिर १४ गते प्रतिकिलो २ सय २० रुपैयाँ तोकिएको संघले जनाएको छ ।
गिरीका अनुसार खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा ब्रोइलर कुखुरा भित्रिन्छ । तुलनात्मक रुपमा भारतीय कुखुरा धेरै सस्तो पर्छ । सस्तो कुखुरा बजारमा भित्रिएपछि बाध्य भएर मूल्य घटाएको उहाँको दाबी छ ।

 

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।