हामीसँग जोडिनुहोस

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

1 मिनेट
Original Title: Aa_FC3_10a.jpg

काठमाडौँ, २० मंसिर ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बागमती प्रदेशमा साउनको दोस्रो सातादेखि हालसम्म डेंगुबाट संक्रमितको संख्या ४२ हजार ७ पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको हो।
डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा रहेको छ। काठमाडौंमा ११ हजार १२७ डेंगुुका बिरामी फेला परेका छन्। रसुवामा ११ जना डेंगु संक्रमित फेला परेका छन्।
डेंगु संक्रमणबाट ललितपुरमा ९ हजार ६०३, मकवानपुरमा ५ हजार ८२२, भक्तपुरमा १ हजार १२४, चितवनमा ३ हजार १५९, धादिङमा १ हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा २७३, सिन्धुलीमा १७० र दोलखामा १०४ जना बिरामी भएको निर्देशनालयको विवरणमा उल्लेख छ।
त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ। काठमाडौंका सात, सिन्धुली र रामेछापका तीनरतीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुईरदुई र धादिङका एकरएक जनाको मृत्यु भएको हो।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।