हामीसँग जोडिनुहोस

लिग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन

1 मिनेट

काठमाडौं, २३ मंसिर ।
अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह रह्यो ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर केल कोर्टजर १६ रनको स्कोरमा आउट भए पनि अर्का ओपनर जर्ज मुन्से र क्रिस्टोफर म्याकब्राइडले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरी जित आधार तय गरेका थिए । मुन्से ४५ रन बनाएर दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लू आउट भए । म्याकब्राइड ४६ रनमा अविजित रहे । कप्तान रिची बेरिङटन १२ रनमा अविजित रहे ।

बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झाले १–१ विकेट लिए । यसअघि युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।