हामीसँग जोडिनुहोस

पेरुमा पहिलो महिला राष्ट्रपति

0 मिनेट

काठमाडौं, २३ मंसिर ।
पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिनु भएको छ । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिनु भएको हो । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो।
अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताउनु भएको थियो। तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर उहाँलाई महाभियोग लगाए। उहाँलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ। ६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताउनुभयो । जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ।एजेन्सी

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।