हामीसँग जोडिनुहोस

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन

1 मिनेट

काठमाडौं, २३ मंसिर ।
काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । नेपाल रक्तदाता संघको भगिनी संस्था क्लब २५ नेपाल र इन्टरनेसनल फेडेरेसन फर ब्लड डोनरको इन्टरनेसनल युथ कमिटीले ’अन्तर्राष्ट्रिय युवा मञ्च–२०२२’ गर्न लागेका हुन् । कार्यक्रम लाजिम्पाटस्थित होटल मनास्लुमा हुनेछ ।
‘युवाहरू जीवन बचाउने, राम्रो भविष्यको निर्माण गर्ने कार्यमा युवाहरू’ भन्ने नाराका साथ मंसिर २३ देखि २६ गते (डिसेम्बर ९–१२) सम्म २० औं अन्तर्राष्ट्रिय युवा मञ्च आयोजना गर्न लागिएको क्लब २५ नेपालका अध्यक्ष आर्यन उप्रेतीले बताउनुभयो । सम्मेलनमा १५ देशका करिब १५० जना सहभागी हुने जनाइएको छ ।
अध्यक्ष उप्रेतीकाअनुसार कार्यक्रम समापनपछि १२ देखि १६ डिसेम्बरसम्म वैकल्पिक पदयात्रा कार्यक्रम पनि हुने छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।