हामीसँग जोडिनुहोस

काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्रीको प्रतिबद्धता

1 मिनेट

काठमाडौं,२३ मंसिर ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमा भए पनि काठमाण्डौवासीलाई बाह्रै महिना पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ ।
आज शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाण्डौवासीलाई अस्थायीरूपमा भए पनि पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले मेलम्चीको पानीको दीर्घकालीनरूपमा स्थायी समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) ले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताउनुभयो ।
मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडीबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्रै महिना नै काठमाण्डौवासीलाई पानी खुवाउन सकिने उल्लेख गर्नुभयो । उहाँले काठमाण्डौवासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रूपमा वर्षाको बेलामा बाग्मतीको पानी ल्याएर मेलम्चीकै ‘ट्रिटमेन्ट प्लान्ट’ मा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरि अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको तथा काम पनि भइरहेको बताउनुभयो ।
मन्त्री चौधरीले आउँदा दिनमा काठमाण्डौमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाण्डौवासीले कसैको मुख हेर्न नपर्ने बताउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।