हामीसँग जोडिनुहोस

अमेरिकाले नेपालबाट आयात हुने वस्तुमाथि १० प्रतिशत कर लगायो

1 मिनेट
US President Donald Trump delivers remarks on reciprocal tariffs as US Secretary of Commerce Howard Lutnick holds a chart during an event in the Rose Garden entitled “Make America Wealthy Again” at the White House in Washington, DC, on April 2, 2025. Trump geared up to unveil sweeping new “Liberation Day” tariffs in a move that threatens to ignite a devastating global trade war. Key US trading partners including the European Union and Britain said they were preparing their responses to Trump’s escalation, as nervous markets fell in Europe and America. (Photo by Brendan SMIALOWSKI / AFP)

काठमाण्डौ,२१ चैत।

अमेरिकाले नेपालबाट आयात हुने वस्तुमाथि १० प्रतिशत कर थपेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै नेपालसहित १०० देशमाथिको करको नयाँ दरसम्बन्धी सूची सार्वजनिक गरेका हुन्।

नेपालबाट अमेरिका निर्यात् हुने वस्तुमा अमेरिकी सरकारलाई १० प्रतिशत कर तिर्नुपर्नेछ। नेपालले अमेरिकी वस्तु आयातमा लगाउँदै आएको १० प्रतिशत करको बदलामा अमेरिकाले १० प्रतिशत नै कर थपेको हो। १० प्रतिशत करलाई अमेरिकाले आधारभूत लाइन बनाएको छ।

उसले नयाँ करसम्बन्धी एक तालिका सार्वजनिक गर्दै अमेरिकी वस्तुमा लगाइँदै आएको कर र अमेरिकाले थपेको करको विवरण उल्लेख गरेको छ। ट्रम्पले करको नयाँ दरलाई डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफको नाम दिनुभएको छ। ट्रम्पले भनेको रेसिप्रोकल ट्यारिफ अनुसार अरु कयौँ देशले ठूलो मात्रामा छुट पाउँदा नेपाल जस्तो १० प्रतिशत मात्र कर लगाउने देश भने मारमा परेका छन्।

सूचीअनुसार भारतले अमेरिकी सामान आयातमा ५२ प्रतिशत कर लगाउने गरेकोमा अमेरिकाले उसमाथि २६ प्रतिशत कर मात्र लगाएको छ । चीनले ६७ प्रतिशत कर लगाउने गरेकोमा उसमाथि ३४ प्रतिशत कर लगाइएको छ। यो आधारमा यी देशहरुले झण्डै आधा छुट पाउँदा १० प्रतिशत मात्र कर लगाउने नेपाल जस्ता देश मारमा परेका छन्।

१० प्रतिशत कर लगाइएका नेपालसहितका देशमाथिको यो कर अमेरिकी समयअनुसार ५ अप्रिल राति १२ बजेर १ मिनेटमा लागू हुनेछ। १० प्रतिशत भन्दा बढी कर ९ अप्रिलमा शुरु हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।