
भक्तपुर, १५ भदौ । आगामी मंसीर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा नेकपा एमालेबाट भक्तपुर क्षेत्र नं. १ मा ४७ वर्षीय नेता लक्ष्मण तिमिल्सिनाले उम्मेदवारी दिनु हुने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट युवा नेता लक्ष्मण तिमिल्सिनाले उम्मेदवारी दिने आज घोषणा गर्नु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ चरेलीस्थायी घरभई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्दै आउनु भएका नेता तिमिल्सिनाले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने बताउनु भयो । २०५२ सालबाट राजनीतिक यात्रा सुरु गर्नु भएको उहाँले २०६३ सालमा एमालेको संगठित सदस्य लिएर एमालेमा सक्रिय रहदै अ ाउनु भएका तिमिल्सिना निरन्तर कम्युनिष्ट आन्दोलन सक्रिय रहदै आउनु भएको छ ।

हाल नेकपा एमालेको भक्तपुर जिल्ला कमिटी सदस्य, पिपिएलएको जिल्ला सहसंयोजक रहनु भएको उहाँले कानूनमा स्नातक तह उतीर्ण गरि कानूनी सेवा दिदै आउनु भएको छ । रेडियो हिमालयनको सञ्चालकसमेत रहनु भएका उहाँले चाँगुनारायणको बिकासका लागि बिभिन्न एजेण्डाहरु लिएर एमालेका सांसद, पूर्वमन्त्री, एमालेको पूर्व सरकारको पालामा मन्त्रालय धाउदै जनताको पक्षमा काम गर्दै आउनु भएका उहाँले आफूले जित्ने बिभिन्न आधारहरु पेश गर्नु भएको छ ।
चाँगुनारायण नगरपालिका क्षेत्र अधिकांश ग्रामिण क्षेत्रमा रहेको र यसअघिका सांसदहरुले यहाँका ग्रामिण क्षेत्रको बिकासमा पर्याप्त चासो नदिदाँ भक्तपुर क्षेत्र नं. २ को बिकास तिब्र गतिमा भएको तर क्षेत्र नं. १ को बिकास प्रभावकारी ढंगबाट नभएको भन्दै उहाँले यहाँको बिकास गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

तिमिल्सिनाले भन्नुभयो, “भक्तपुर क्षेत्र नं. १ भक्तपुर नगरपालिका भित्र मात्रै सिमित छैन, यहाँका अधिकांश ग्रामिण क्षेत्र अझै पनि बिकासबाट निकै पछाडि परेको छ, यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, ढल, कृषि, प्राकृतिक सम्पदा, पर्यटन क्षेत्रको विकासका मेरो मुख्य एजेण्डा रहेको छ ।
यहाँको सम्पदाको संरक्षण, पर्यटनको बिकास र यहाँका प्राकृतिक सौन्दर्यलाई विश्वमाझ चिनाउनु आवश्यक छ । त्यसैले यहाँका जनताले नेतृत्व परिवर्तनको चाहना राखेको अबस्थामा मैले उम्मेदवारी घोषणा गरेको हुँ ।” उहाँले भक्तपुर क्षेत्र नं. १ मा विकासका पूर्वाधार पुर्याउने पार्टीको लक्ष्य, जनताको चाहना पुरा गर्न आफू सक्रिय रुपमा लाग्ने समेत बताउनु भयो ।
उम्मेदवारीका लागि पार्टी नेतृत्वसँग छलफल भइरहेको र उम्मेदवारीका लागि क्षेत्रको सिफारिसमा पार्टीलाई आवेदन दिने उहाँले बताउनु भयो । पार्टीले टिकट दिेनमा आफू पूर्ण रुपमा विश्वस्त रहेको बताउदै उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी रहदाँ सिंगो एमालेको साथै राप्रपा, नेपाली कांग्रेस र नेमकिपाबाट समेत भोट आउने निश्चित छ ।” भक्तपुर क्षेत्र नं. १ प्रतिनिधिसभामा अहिलेसम्म नेपाल मजदुर किसान पार्टी विजयी हुदै आएको छ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






