हामीसँग जोडिनुहोस

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

0 मिनेट

१४ वैशाख,काठमाडौँ।

काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ । शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो ।

उनको २०८२ वैशाख १२ गते शुक्रबार राति दिन निधन भएको  हो । उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

वि. सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनु पर्ने डाइलाइसिस गएको बिहीबार पनि गरिएको थियो ।

ट्रेण्डिङ