हामीसँग जोडिनुहोस

 भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु,एक घाइते

1 मिनेट

भक्तपुर,१८ वैशाख।

भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा जगातीबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१।०३० चं। ०९९५ नं। को कारलाई सोही दिशाबाट जाँदै गरेको बा। ७३ प। २८३६ नं। को स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार चालक

रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मुत्यु भएको हो । गम्भीर घाइते भई तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा निधन भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

स्कुटरमा पछाडि सवार २३ वर्षीय राज तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भइरहेको छ। कार चालक सुनसरी धरान उपमहानगरपालिका –१३ घर भई हाल कलंकी बस्ने वर्ष ३१ को आशिष श्रेष्ठ प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।