हामीसँग जोडिनुहोस

कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिविका प्राध्यापकको मृत्यु,३ जना घाइते

0 मिनेट

 २३ वैशाख,काठमाडौँ ।

कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा।३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा।डा। गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले  बताए ।

प्रा।डा। रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् ।दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।