हामीसँग जोडिनुहोस

लामो समयपछि काठमाडौँ उपत्यकामा साँझ हलुका वर्षा

1 मिनेट

काठमाडौँ,२३ वैशाख।

लामो समयपछि काठमाडौँ उपत्यकामा आज साँझ हलुका वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकासहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्सहित हलुका वर्षा भइरहेको छ।

पश्चिमी वायु र भारतको बंगालनजिक बनेको न्यूनचापीय रेखाका कारण उपत्यकासहित दुई प्रदेशमा हलुका वर्षा र देशभरि नै मौसम बदली भएको मौसम विज्ञान विभागले जनाएको छ।

मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आगामी ३ दिन नै मौसम प्रणालीको प्रभाव पर्ने भएकाले देशभरि मौसम फेरिने सम्भावना रहेको थाहाखबर बताए।

सोमवार दिउँसो देशभरिको मौसम आंशिक बदली भएर पहाडी भूभागमा हलुका पानी पर्नसक्ने सम्भावना रहेको छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।