हामीसँग जोडिनुहोस

जिब्रो छेडेर महाद्धिप बोकी मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा 

2 मिनेट
भक्तपुर, २ असोज : आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज राती ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु अर्थात जिब्रो छेड्ने जात्रा’ भव्यरुपमा मनाएको छ ।
तेस्रो पटक जिब्रो छेडाउन तयार हुनु भएका मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा नकर्मीले एक महिना अगाडि बनाएर शुद्ध तोरीको तेलमा डुबाएर राखेको करिव १० इन्च लामो सियोबाट जिब्रो छेडाउनु भएको हो । कमिनायबाट जिब्रो छेडाएर ४० किलोको भ्वयः अर्थात महाद्धिप बोकेर खाली खुट्टाले हजारौ स्थानीयलाई अगाडि पछाडि लगाउदै पशुपति नाथ मन्दिरको यात्रा गर्नु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रिप्रसाद पाण्डेले जिब्रो छड्ने जात्राको प्रतक्ष्य रुपमा अवलोकन गर्दै हौसला प्रदान गर्नु भएको थियो । उहाँले यहाँको कला, संस्कृति, जात्रा, पर्व र परम्पराले इतिहास बोकेको भन्दै यस्तो पर्वको संरक्षण गर्नु पर्ने बताउनुभयो । पशुपति बिकास कोषका सदस्य सचिव डा.डा. मिलनकुमार थापा, कोषका प्रवक्ता  रेवतीरमण अधिकारी, भक्तपुर क्षेत्र नं. २ का सांसद दूर्लभ थापा, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत हजारौको सहभागिता रहेको छ ।
लोप हुन लागेको यो जात्रालाई विरेन्द्र भक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएर पुनर्जिवित गर्नुभएको थियो भने उहाँले दोस्रो पटक २०७९ साल पूर्णिमाको दिन जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।
श्रेष्ठले जिब्रो छेडाएर निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडीको सडक,  गुह्ेश्वरी मन्दिरहुँदैं पशुपति नाथको दर्शन गर्ने गरि थिमिबाट यात्रा गर्नु भएको हो ।
पशुपतिनाथको दर्शन पछि सोही मार्ग भएर फर्कने र सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदैं नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउँमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा छ । त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिएपछि जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्ने प्रचलन रहेको छ ।
जात्रामा पशुपति विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाउने श्रेष्ठको जिब्रोमा मन्त्री पाण्डेले परम्परा अनुसार पशुपति मन्दिर परिषरमा शुद्ध तोरीको तेल हालिदिनु भएको छ ।
यसरी जात्रा गर्नाले मध्यपुरथिमि क्षेत्रमा भुतप्रेतहरुले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास रहदै आएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।