हामीसँग जोडिनुहोस

 विश्वकप लिग टु अन्तरगत त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै

1 मिनेट

काठमाडौं,१९ जेठ ।

विश्वकप लिग टु अन्तरगत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ।

एक साता अघि स्कटल्याण्ड पुगेको नेपाली राष्ट्रिय टोलीको असली परीक्षा  अब सुरु हुन लागेको हो। नेपाल र स्कटल्याण्डको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ।

नेपाली राष्ट्रिय टोली ७ महिनाको लामो विश्रामपछि फेरि एकदिवसीय मैदानमा फर्किंन लागेको हो।  गत कार्तिकमा अमेरिका पुगेको नेपालले डालसको ग्राण्ड पेरी मैदानमा चार खेलको सिरिज खेलेको थियो। त्यहाँ अमेरिका र स्कटल्याण्डसँग खेल्दा एउटा  खेल जितेको थियो भने एउटामा अंक बाँडेको थियो। नेपाली टोली दुई खेल हारेर स्वदेश फर्किएको थियो।

त्यसयता एकदिवसीयमा नेपालले कुनै खेल खेलेको छैन। लिग टु को अंक तालिका हेर्ने हो भने, नेपालको अवस्था राम्रो छैन। १२ खेलमा २ जितका साथ ६ अंकसहित नेपाल तालिकाको पुछारमा छ।  स्कटल्याण्डले भने १६ खेलमा २० अंक जोड्दै चौथो स्थानमा छ। नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

सिरिजमा नेपालसहित स्कटल्याण्ड डिफेन्डिङ च्याम्पियन र नेदरल्याण्ड्स सुपर लिगबाट आएको बलियो टोली छ। नेपालले बुधबार नेदरल्याण्डसँग खेल्नेछ। यस्तै नेपालले स्कटल्याण्डसँग आगामी आइतबार खेल्दा आगामी मंगलबार नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।