हामीसँग जोडिनुहोस

भक्तपुरमा निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

1 मिनेट
भक्तपुर, २४ भदौ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिनुभयो ।
प्रजिअ घिमिरेद्धारा जारी गरिएकोे आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिका भित्रको निर्धारित चार किल्ला भित्रका लागि भन्दै निषेधाज्ञा जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कोही पनि मानिस आवत जावत गर्न, कुनै प्रकारको भेला, जुलु, प्रर्दशन, सभा, बैठक, घेराऊ गर्न नपाउने गरि आदेश जारी गरिएको छ ।’
कार्यालयले जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रलाई सिमाना मान्दै ती क्षेत्र भित्र मान्दै जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र, पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म, कौशलटार बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म, राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म,सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाको सिमानासम्म), दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय सुरक्षा अवस्था र संम्भावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको बताउदै प्रजिअ घिमिरेले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।