
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा शुक्रबार बिहान वृहत् सरसफाइ अभियान सम्पन्न भएको छ। वडा कार्यालयको पहलमा ताथलीकाे बासुकला- छुकां- गिरी- बस्नेत टाेल सडक सरसफाइ गरिएको हाे । सफाइबारे जनचेतना बढाउन र सफाइ कार्यमा वडावासीकाे सहभागिता र सक्रियता बढाउन वडाले सरसफाइ अभियानलाई निरन्तरता दिइरहेको छ ।
साेही अन्तरगत शुक्रबार साे सडकको सरसफाइ गरिएकाे वडा कार्यालयले जनाएको छ । सरसफाइमा स्थानीय बासिन्दा, आमा समूह, युवा, महिला, विद्यार्थी, किसान, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियाे ।
वडा सदस्य एवम् कार्यपालिका सदसय कमला गिरीले गणेश वडनका विभिन्न क्षेत्र सफा राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सरसफाइलाई दैनिकीमै उतार्न आग्रह गरिन् । उनले सफाइमा गरिएको लापरबाही र बेवास्ताले आफूलाई मात्र नभई सिङ्गो समाजलाई नकारात्मक असर पर्ने भएकाले सफा वडा बनाउने लक्ष्यसहित वडा कार्यालय अघि बढिरहेको जानकारी दिइन् । उनले वडाका टाेल, सडक र बस्तीलनई सफा, व्यवस्थित र आकर्षक बनाउन सफनइमा सहकार्यले महत्त्वपूर्ण भूमिका खेलिरहेकाे जनाइन् ।
सहभागीहरूले सडक छेउछाउ र सार्वजनिक स्थानमा रहेका फोहर संकलन गरेर व्यवस्थित ढंगले व्यवस्थापन गरेका थिए । सफाइमा सहभागी वडा वास सहजकर्ता आरती बस्नेतले सफाइ कार्यमा वडावासीकाे सहभागिता लाेभलाग्दाे भएको बताइन् । स्थानीयको सक्रिय सहकार्यमा सम्पन्न सरसफाइ अभियानले ताथली क्षेत्रमा सामुदायिक एकताको सन्देश दिएको आयोजक वडा कार्यालयकाे धारणा छ ।