
काठमाडौं, १५ भाद्र ।
आज सुन र चाँदीको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।