हामीसँग जोडिनुहोस

ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपी सार्वजनिक

0 मिनेट

काठमाडौं, असार १३।

ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्म प्रसाद गौतम, गोपाल कार्की र सुधीर शाहलाई सार्वजनिक गरेको हो। चारजनालाई म्याद थप गर्न अदालत लगिएको ब्युरोले जनाएको छ।

ब्युरोकी प्रमुख किरण बज्राचार्यले उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको बताइन्।

ब्युरोका अनुसार प्रकाउ परेका थप तीनजना भने मंगलबार बेलुका छुटेका छन्। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीहरू प्रहरीको फरार सूचीमा थिए।

 

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।