हामीसँग जोडिनुहोस

लगानी सम्मेलन आज समापन हुने,समापन सत्रमा ओलीले सम्बोधन गर्ने

1 मिनेट

१७ वैशाख, हेटौंडा ।

लगानी सम्मेलनको दोस्रो तथा समापन दिन सोमबार अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल कार्यक्रम छ।

आइतबार शुरु भएको सम्मेलनको दोस्रो दिनको पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’का अध्यक्ष गणेश कार्कीलगायत वक्ता रहनेछन् ।

‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,तथा ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ वक्ता रहनेछन्। ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी वक्ता छन्। यस्तै राष्ट्रिय योजना आयोका सदस्य प्राडा संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा। सुरेशराज आचार्यलगायतले धारणा राख्नेछन् ।

समापन सत्रमा सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।