हामीसँग जोडिनुहोस

३ वटा संसदीय समितिको बैठक बस्दै

1 मिनेट

 २३ वैशाख,काठमाडौँ ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तीय तथा प्रशासनिक सङ्घीयता, समितिले सङ्घीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरूबारे छलफल हुनेछ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।