हामीसँग जोडिनुहोस

भक्तपुरको दुवाकोटमा आगलागी हुँदा दुई जना घाइते,दुई करोडको क्षति

1 मिनेट

बैशाख २३, काठमाण्डौ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका –२ दुवाकोटमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानाका गए राति आगलागी हुँदा निभाउने क्रममा कामदार भारतको बङ्गाल घर भएका २९ वर्षका मनु उर्वा र कारखाना नजिकै बस्ने रामेछापको लिखु तामाकोशी–६ घर भएका २३ वर्षका बुद्धनारायण श्रेष्ठ घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाइते मनु उर्वालाई ईवामुरा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरको जलन उपचार अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । बुद्धनारायणको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी, स्थानीयवासी तथा भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेबाट गरी सात वटा दमकलको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट प्लाई कारखानामा एक करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।