हामीसँग जोडिनुहोस

रुकुम पश्चिमको नेपानेमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु,तीन घाइते

1 मिनेट

सुर्खेत,२८ जेठ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका(१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

मुसिकोट नगरपालिका(१ खलंगा बाँफिकोट गाउँपालिकाको(४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको डबल क्याप बोलेरो आइतबार बेलुकी साढे ९ बजे दुर्घटना भएको हो।

दुर्घटनामा चालक सुर्खेतको गुर्भाकोट नगरपालिका(८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका(५ कालीगौडीका २७ वर्षीय सौगात विक र सुर्खेत बराहताल गाउँपालिका(५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।

पश्चिमको बाँफिकोट गाउँपालिका(४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका(५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका(५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन्। उनीहरूमध्ये सुजल र टीकारामको अवस्था गम्भीर छ। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरेको शाहीले जानकारी दिए। दिलीपको उपचार जिल्ला अस्पतालमै भइरहेको छ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब २०० मिटर भन्दा तल खसेको थियो। इन्टरनेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए। बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।