
भक्तपुर, १२ साउन । नेकपा एमाले वागमति प्रदेश कमिटी युवा तथा खेलुकद विभागका सदस्य, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालाई आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिको सदस्य सचिव पदका नियुक्ति गरेको छ ।


नगरपालिकाका प्रमुख वासुदेव थापाले उहाँलाई आज नियुक्ती पत्र हस्तान्तरण गर्दै खेलकुदको विकासमा निडर, जुझारु र शसक्त भएर लाग्न निर्देशन दिनुभयो । उहाँले सूर्यविनायक नगरपालिका खेलकुदको विकासमा पनि निकै अगाडि बढेको हेर्न चाहेको बताउदै उहाँले यो जिम्मेवारीलाई थापाले निर्वाह गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सूर्यविनायकका र देशकै नाम उच्च राख्न सक्ने खेलाडीको उत्पादन गर्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
आजैबाट आफ्नौ जिम्मेवारी सम्हाल्दै सदस्य चिव दीपक थापाले विद्यालय स्तरीयदेखि टोलटालबाट खेलाडीको उत्पादन गर्ने, खेलकुदको विकास गर्न आफू अहोरात्र खटिने बताउदै खेलकुदमा सूर्यविनायकले नयाँ उचाई छुने गरि काम गर्ने बताउनुभयो ।

थापाले नियुक्तिपछि प्रतिक्रिया दिँदै स्थानीय स्तरमा खेलकुद पूर्वाधार विकास, युवा प्रतिभाको पहिचान तथा प्रोत्साहनमा आफूले सक्रिय योगदान दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । यसअघि जिल्ला खेलकुद विकास समितिमा अध्यक्षका रुपमा कार्यरत रहदाँ पनि दीपक थापाले जिम्मेवार भएर जिल्लाको खलकुदको विकासमा उदाहरणीय र प्रंशसा यौगय रुपमा कार्य गर्नु भएको थियो ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






