हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ। धेरै घाइते भएका छन्।
हाइटीको नेसनल अफिस फर माइग्रेसन ओएनएमले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल ९२४० किलोमिटर० यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन ९आईओएम० हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ। तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ।