हामीसँग जोडिनुहोस

सम्पदा संरक्षणमा स्नातक तहमा अध्यापन सुरु, उपकुलपतिद्धारा उद्घाटन

4 मिनेट
-रमेश गिरी
भक्तपुर, १६ भदौ । ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपालमा सम्पदा संरक्षणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले नेपालमै पहिलो पटक स्नातक तहमा साँस्कृतिक सम्पदा संरक्षणको अध्ययन अध्यापन सुरु हुने भएको छ ।
भक्तपुरस्थित रबिन्द्र पुरी फाउण्डेसन फर कन्जरभेसन (आर.पी. फाउण्डेसन) ले काठमाण्डौं विश्व विद्यालयसंग सम्बन्धन प्राप्त गरि स्नातक तहको सम्पदा संरक्षण (Bachelor In Heritage Conservation) विषयमा चार वर्षे स्नातक तहको अध्यन अध्यापन यसै वर्षदेखि अध्यन अध्यापन सुरु गर्ने भएको हो ।
भक्तपुरको कमल विनायकस्थित नेपाल भोकसनल एकेडेमीमा शनिबार आर.पी. फाउण्डेसनले आयोजना गरेको सम्पदा संरक्षण अध्ययन अध्यापनको उद्घाटन कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति प्रो. डा. भोला थापाले उद्घाटन गर्नु भयो ।
उहाँले नेपालमै पहिलो पटक सम्पदा संरक्षणमा स्नातक तहमाम पढाई सुरु हुँदा आफू अत्यन्तै खुसी भएको बताउनुभयो । उहाँले आफू उपकुलपति हुँदा नयाँ पाठ्यक्रम निर्माण गर्दै सम्पदा संरषणको क्षेत्रमा नयाँ र दक्ष जनशक्ति उत्पादनमा अध्यापन सुरु गराउन पाउँदा खुसी भएको बताउनुभयो ।
उहाँले दिमाग मात्रै नभई हातका औला चलाएर फिल्डमै गएर अध्ययन अध्यापन हुने यो अध्ययापनले सम्पदाको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्ज (Thomas Prinz) ले  भक्तपुरमा आउँदा देखिएका उत्कृष्ठ सम्पदाहरुको संरषणसंगै नेपालका सम्पदाको क्षेत्रमा नयाँ पुस्ताका लागि अवसर भएको बताउनुभयो ।
फाउण्डेसनका प्रमुख एवं सम्पदाविद् रबिन्द्र पुरीले नेपालको चारैतर्फ सम्पदा रहेपनि यसको सम्पदाको संरक्षणदेखि यसको पुराना नाम उच्चरणसमेत गलत हुने गरेको देखेर मन दुख्ने गरेको बताउनुभयो ।
नयाँ पुस्तालाई सम्पदा संरक्षणमा आकर्षित गराएर देशको मूल सम्पत्तिको रुपमा रहेको सम्पदा संरषणलाई महत्वपूर्ण जनशक्ति उत्पादन गर्न काठमाडौं विश्व विद्यालयसंगको सम्बन्धन र सहयोगले हरेक वर्ष २० देखि ४० जना जनशक्ति उत्पादन गर्न सफल हुने बताउनुभयो । उहाँले यसवर्ष २० जना विद्यार्थीलाई यो अवसर दिने र अर्कोवर्षदेखि ४० जना विद्यार्थी पुर्याउने लक्ष्य राखेको बताउनुभयो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सम्पदा संरक्षणको पाटोमा जनप्रतिनिधि अनभिज्ञता हुँदा समस्या आउने भएकाले जनप्रतिनिधिले पनि जान्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पनौती नगरपालिकाले यहाँको सम्पदाको पुजा पद्धतिको  अभिलेखिकरण सुरु गरेको बताउदै सबैले हाम्रो सम्पदा हामी बचाउँछौ भनने प्रण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं विश्व विद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङ्गका डीन प्रो. डा. मनिष पोखरेलले अमूल्य सम्पदाहरुको संरक्षणमा अब ठूलो टेवा पुग्ने बताउदै मूत तथा अमूर्त सम्पदाको संरक्षणमा यो अध्ययन कोशेढुङ्गा साति हुने बताउनुभयो ।
सम्पदप्रेमी कनकमणि दिक्षितले हराएका मूर्ति फिर्ता ल्याउने काममा मात्रै नभई कला, संस्कमृति र सम्पदाको संरषण्मा लामो समकयदेखि लाग्दै आएका रबिन्द्र पुरीले राज्यले गर्नु पर्ने कार्य गर्दै आएको बताउनुभयो । कला, संस्कृति र सम्पदाको संरक्षणमा सबैले सहयोग गर्नु पर्ने उहाँले औल्याउनुभयो ।
पुरातत्व विभागकी निर्देशक सौभाग्य प्रधानाङ्गले सम्पदा संरक्षणमा सीपयुक्त, अध्ययनशील र दक्ष कामदारको अभावलाई यो पढाईले पुरा गर्ने विश्वास लिनुभयो । उहाँले २०७२ सालको भूकम्पले सम्पदा संरक्षणमा दक्ष जनशक्ति अभाव खड्किएका अबस्थामा नेपालमै हुने अध्ययनले आगामी दिनमा सम्पदा संरक्षणदेखि अभिलेखिकरणसम्ममा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा बास्तुकला विभागकी प्रमुख प्रो.डा.बिन्दु श्रेष्ठले मल्लकालिन समयमा भएको बास्तुकलाको बिकास पछि अहिलेसम्म भएको अभावलाई यसले पुरा गर्ने विश्वास लिदै सम्पदा संरक्षणमा आवश्यक पर्ने फरक फरक क्षमताको जनशक्ति उत्पादन हुने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।