हामीसँग जोडिनुहोस

सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको समितिले आज संसदमा प्रतिवेदन बुझाउँदै

1 मिनेट

काठमाडौं,३१ भदौ।

सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज संसदमा प्रतिवेदन बुझाउँदै छ।

तीन महिना १५ लिन लामो अनुसन्धानपछि समितिले आज प्रतिवेदन बुझाउन लागेको हो। दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन तयार गरेको छ।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु९जीबी० राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको हो।

बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेको प्रमाण समेत समितिले जुटाएको छ।

छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइतबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो।

करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो। प्रतिवेदनमा हस्ताक्षर गर्न ७ सदस्यीय समितिको बैठक अहिले बिहान ११ बजे बस्दैछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।