हामीसँग जोडिनुहोस

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश

1 मिनेट

काठमाडौँ, माघ २२ गते । 

 सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ।  झाको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार  मिसिल झिकाउने आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालत पुगेका थिए । झा  पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा फरार रहेका थिए । पछि भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो ।

ट्रेण्डिङ