
काठमाडौँ ,२८ वैशाख।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने बताएका हुन् । ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो। अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो।’