हामीसँग जोडिनुहोस

स्वास्थ्य मन्त्रालयको एक अर्ब ७० करोडभन्दा बढी रकम बेरुजु

1 मिनेट

काठमाडौँ, १ जेठ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७० करोडभन्दा धेरै रहेको देखिएको छ। हालै मात्र सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र यसअन्तर्गतका विभाग तथा निकायमा गरी जम्मा एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको देखाएको हो। जसअनुसार सरकारी कार्यालयतर्फका १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित र समितितर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महालेखाका अनुसार सरकारी कार्यालयतर्फ ३० करोड ३ लाख ४६ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ६ करोड ४३ लाख ४६ हजार फर्स्योट भएको र त्यसपछि २३ करोड ६० लाख बेरुजु बाँकी रहेको प्रतिवेदनले उल्लेख गरेको छ।

संगठित र समितितिर  प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोडभन्दा बढी रकम फर्स्यौट भएको उल्लेख छ।

संगठित, अन्य संस्था र समितितर्फ १ अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड ७७ लाख ११ हजार फर्स्यौंट गरेकाले १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार बाँकी रहेको छ। त्यसमध्ये मध्ये २६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्की रहेको उल्लेख छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।