
काठमाडौँ,७ जेठ ।

नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





