हामीसँग जोडिनुहोस

चाँगुनारायण नगरपालिकका उपप्रमुख रमेश बुढाथोकीद्धारा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

2 मिनेट

भक्तपुर, १२ जेठ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले चाँगुनाराणका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गर्नु भएको छ ।

 

उपप्रमुख निर्वाचित भएर आएपछि आफूले पाउने तलब, भत्ता वा सुबिधा आफूले खर्च नगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुलका लागि स्कुल पोशाक, स्टेशनरी सामान एवं झोला र शैक्षिक सामगीलगायतका सामानहरु वितरण गर्दै आउनु भएको छ ।

यसै क्रममा उपप्रमुख बुढाथोकीले  चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलको बिनायक सरस्वती आधारभूत बिधालयमा विद्यार्थीहरुका लागि विद्यालय पोशाक विरण गर्नु भएको छ ।

त्यसै गरि पप्रमुख बुढाथोकीले चाँगुनारायण नगरपालिकाको दोलागरी माध्यमिक विद्यालयक विद्याथीृहरुका लागि स्कुल पोशाक वितरण गर्नु भएको हो । चााँगुनारायण नगरपालिकका सामुदायीक विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गर्न भएको छ ।

यसअघिका वर्षहरुमा पनि उपप्रमुख बुढाथोकीले सामुदायीक विद्यालयका विद्यार्थीहरुका लागि विद्यालय पोशाक, स्कुल ब्याग, बिभिन्न स्टेशनरीका सामानहरुलगायत वितरण गर्दै आउनु भएको थियो ।

उहाँले बैशाख २ गतेदेखि १३ गतेसम्म चानपा कलमसी कल्पेश्वर महादेव मन्दिर निर्माणार्थ आयोजना गरिएको महायज्ञमा शिवमूर्ति निर्माणका लागि रु. एक लाख आठ हजार १११ रुपैयाँ दान गर्नु भएको थियो । उहाँले सामाजिक कार्यमा समेत सक्रियता देखाउदै आउनु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।