
भक्तपुर । सिम्रिक साकाेसले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा नि:शुल्क दन्त शिविर आयाेजना गरेकाे छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेकाे साे सहकारीले आफ्नो स्थापना दिवसकाे अवसर र सामाजिक उत्तरदायित्व अन्तरगत नि: शुल्क दन्त शिविर आयाेजना गरेकाे हाे ।
शनिबार सहकारीको प्राङ्गणमा आयाेजित उक्त शिविरका लागि भक्तपुरको च्याम्हासिंहस्थित स्माइल टेक डेण्टल क्लिनिकले प्राविधिक सहयाेग गरेकाे थियाे । शिविरमा विभिन्न स्थानका १५० बढी सहभागी भई दन्त परीक्षण गराएका आयाेजकले जनाएकाे छ ।

सहकारीको स्थापना दिवसको अवसरमा आयाेजित शिविर सम्पन्न गर्न सहयोग गर्ने डेण्टल क्लिनिकका स्वास्थ्यकर्मी, प्राविधिकसहित स्थानीय सुनिल पण्डितलाई प्रशंसा पत्र प्रदान गरिएको थियाे । कार्यक्रममा डाक्टरहरू पूजा गाइजू, उरूषा गाइँजू, प्रिया मानन्धर, फरिदा कार्की, जेनिशा खायमली, रमिला खड्का अनिल कासुलालाई सम्मान गरिएको सहकारीका अध्यक्ष रमेश न्हेम्हाफुकीले बताए । सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न गतिविधि गर्ने कार्यक्रम संयाेजक उत्तम साखकर्मी र सचिव हरिसुन्दर छुकांले बताए ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






