हामीसँग जोडिनुहोस

राेम्बसमा भर्ना हुने ५० विद्यार्थीलाई विशेष छुट

1 मिनेट
भक्तपुर । भक्तपुरको राेम्वस सेकेण्डरी स्कूलले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विशेष छुटकाे घाेषणा गरेकाे छ । यसै वर्षबाट कक्षा ११ सञ्चालन गर्न अनुमति पाएकाे साे स्कूलले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विशेष छुट दिने घाेषणा गरेकाे हाे ।
भक्तपुरको कमलविनायक चाेखा विनायकस्थित उक्त विद्यालयले कक्षा ११ सञ्चालनकाे आवश्यक तयारी थालेकाे बताउँदै विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र काेजूले प्रि रजिष्ट्रेशनसहित नाम दर्ता खुलाएको जानकारी दिए । उनले प्रि रजिष्ट्रेशन गर्ने पहिलो ५० विद्यार्थीलाई विशेष छुटकाे बन्दाेबस्त गरेकाे बताए । उनले भने, `कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई कूल रकममा ५० प्रतिशत डिस्काउन्ट दिने भएका छाैं ।´
विद्यार्थी र अभिभावककाे मनाेभावनालाई मनन गरी कक्षा ११ मा व्यवस्थापन, कानून र मानविकी समूहका विभिन्न विषयकाे अध्यापन गराउन विद्यालयले तयारी गरेकाे उल्लेख गर्दै डा. काेजुले कक्षा ११ सञ्चालनका लागि आवश्यक सम्पूर्ण शैक्षिक र भाैतिक पूर्वाधार तयार गरिसकेको जनाए ।
उनले भक्तपुर, चाँगुनारायण, सूर्यविनायक, मध्यपुरथिमि नगरपालिकाका साथै अन्य जिल्लाका पालिकाहरूका जनप्रतिनिधिहरूकाे सिफारिसमा आएका विद्यार्थीलाई समेत विशेष सहुलियत दिने जानकारी दिए । भक्तपुरको आईएसओ प्राप्त विद्यालयकाे रूपमा रहेकाे साे विद्यालयले शैक्षिक गुणस्तरमा कुनै सम्झाैता नगरी विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप गर्ने जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।