हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओली आज अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाँदै

1 मिनेट

काठमाडौं,२० जेठ। 

प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाँदैछन्।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा हुन लागेको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली मंगलबार बिहान नौ बजे हेलीकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

आधार शिविरमा ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औँ वार्षिकोत्सव तथा शालिक अनवरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा आधार शिविर जाने कार्यक्रम छ।

चार हजार एक सय ९० मिटरको उचाईमा रहेको आधार शिविरमा प्रधानमन्त्री ओलीलाई गाउँपालिका अध्यक्ष भारतकुमार पुन, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङ, माथिएस हर्जोग र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गर्ने कार्यक्रम छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।