हामीसँग जोडिनुहोस

वार्ता निष्कर्षविहीन भएपछि आज पनि देशभर सार्वजनिक यातायात नचल्ने

1 मिनेट

काठमाडौं,२० जेठ। 

सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ ।

सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

‘तपाईंहरू नियमावली स्थगित गर्नुस्, हामी आन्दोलन स्थगित गर्छौँ भनेका थियौँ, वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न भने सकिएन।’ उनको भनाइअनुसार भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन चल्ने छैनन् ।

मुख्यतः गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका यातायात व्यवसायी सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आज भएको वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफूहरू पनि तत्काल आन्दोलन स्थगित गर्न तयार रहेको बताएका थिए ।
आफूहरूको माग तत्कालका लागि नियमावली स्थगित गर्नुपर्छ र सङ्घीय ऐन बनेपछि त्यसअनुसार हुनुपर्छ भन्ने रहेको अध्यक्ष स्वाँरको भनाइ थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।