हामीसँग जोडिनुहोस

आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू श्रीलङ्कामा आयोजना हुने

1 मिनेट

काठमाडौँ,२० जेठ।

आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू भारतको सट्टा श्रीलङ्कामा आयोजना हुने भएको छ ।

यस वर्षको शुरूमा भारतले पुरुष च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । यसपछि आईसीसीले दुवै देशहरूले आयोजना गर्ने प्रतियोगिताहरूका लागि ‘तटस्थ स्थान’ प्रस्तुत गरेको थियो ।

त्यहीअनुसार यही वर्षको आउँदो सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारतमा हुने महिला विश्वकपमा पाकिस्तानका खेलहरू श्रीलङ्काको कोलम्बोमा आयोजना हुने भएको हो ।

यस्तै भारतमा हुने खेलहरू बेङ्गलुरु, गुवाहाटी, इन्दोर र विशाखापट्टनममा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल गुवाहिटी वा कोलम्बो र फाइनल बेङ्गलुरु वा कोलम्बोमा हुनेछ ।

महिला विश्वकपमा आयोजक भारतसहित अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान सहभागी हुनेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।