हामीसँग जोडिनुहोस

वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन सत्रमा उपस्थित हुने

1 मिनेट

काठमाडौँ, २४ मंसिर ।
आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने क्रममा नेताहरुसँग भनाभनपछि महाधिवेशनको उद्घाटन मै सहभागी नहुने बताएका वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन सत्रमा उपस्थित हुने हुनुभएको छ । बुधबार बेलुका नेता प्रकाशमान सिंहको घरमा नेताहरु सिंह र शेखर कोइरालालाई सहमतिमा साझा उम्मेदवार छान्ने प्रस्तावमाथि छलफल गर्दा सहमति नजुटेपछि पौडेल आफु अब काँग्रेसको राजनीतिबाटै सन्यास लिने भनेर हिँड्नुभएको थियो । त्यसक्रममा उहाँले आफु महाधिवेशनमा समेत सहभागी नहुने बताउनुभएको थियो । त्यसको भोलिपल्ट बिहीबार दिनभर मोवाइल समेत डाइभर्ट गरेर कसैसँग सम्पर्कमा नआएका पौडेललाई आज शुक्रबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन अर्का नेता विमलेन्द्र निधिले फोनमार्फत आग्रह गर्नुभएको थियो । निधीले पौडेललाई फोन गरेर महाधिवेशनमा सहभागी नहुँदा काँग्रेसमा राम्रो सन्देश नजाने भएकाले जसरी पनि सहभागी हुन आग्रह गर्नुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।