
काठमाडौं,१७ फागुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सर्वसाधारणलाई आज सुर्खेतको सडकमा ननिस्कन आग्रह गरेको छ । हिजो बेलुकीदेखि नै कफ्र्यु आदेश जारी भएकाले सुर्खेतका सडकमा ननिस्कन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको हो।
हिजो राति सवा आठ बजेदेखि लागेको कफ्र्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोकचोकमा पर्याप्त प्रहरी खटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्न सक्ने आदेश दिएको छ ।
संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका आठ राजनीतिक दल र दुई मोर्चाले हिजो आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभरजसो झडप भएको थियो । बेलुका ७ बजेतिर बन्दकर्ताले वीरेन्द्रनगर– ६ गोदाम लााइनमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादी कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि कफ्र्यु आदेश जारी भएको हो ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






