हामीसँग जोडिनुहोस

कफ्र्युपछि सडकमा सर्वसाधारणलाई ननिस्कन प्रहरीको आग्रह

1 मिनेट

काठमाडौं,१७ फागुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सर्वसाधारणलाई आज सुर्खेतको सडकमा ननिस्कन आग्रह गरेको छ । हिजो बेलुकीदेखि नै कफ्र्यु आदेश जारी भएकाले सुर्खेतका सडकमा ननिस्कन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको हो।
हिजो राति सवा आठ बजेदेखि लागेको कफ्र्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोकचोकमा पर्याप्त प्रहरी खटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्न सक्ने आदेश दिएको छ ।
संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका आठ राजनीतिक दल र दुई मोर्चाले हिजो आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभरजसो झडप भएको थियो । बेलुका ७ बजेतिर बन्दकर्ताले वीरेन्द्रनगर– ६ गोदाम लााइनमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादी कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि कफ्र्यु आदेश जारी भएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।