हामीसँग जोडिनुहोस

एक सय विद्यार्थीका लागि चाँगुनारायण नगरपालिकाका उपप्रमुख बुढाथोकीद्धारा पोशाक हस्तान्तरण

1 मिनेट

भक्तपुर, १ असार : चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नै खर्चबाट आज चानपा–२ दुवाकोटस्थित आजात माध्यमिक विद्यालयका निम्न आय भएका १०० जना छात्रछात्राका लागि १०० जोर पोशाक प्रदान गर्नु भएको छ ।

नगरपालिकाबाट पाएको सुबिधाको गाडी चाँगुनारायणका असाह्य, अपाङ्ग र जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा पुर्याउने उदेश्यले चाँगुनारायण अस्पताललाई प्रदान गर्नु भएका उपप्रमुख बुढाथोकीले आज चानपा–२ दुवाकोटस्थित आजात माध्यमिक विद्यालयका विद्यार्थीका लागि पोशाक हस्तान्तरण गर्नु भएको हो ।

उहाँले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर लाखाजु, विद्यालयकी प्रधानाध्यापक गीता ढकाल दवाडीलाई स्कुल पोशाक हस्तान्तरण गर्नु भयो । बुढाथोकीले सामाजिक सेवा अन्तर्गत आफ्नो ब्यक्तिगत रकमबाट पोशाक खरिद गरि विद्यार्थीका लागि विद्यालयलाई हस्तान्तरण गरेको बताउनु भयो ।

उपप्रमुख बुढाथोकीले नगरपालिकाबाट आफूले पाउने सम्पूर्ण तलब, भत्ता, सुबिधाहरु आफूले नलिने र त्यस वापतको रकम शिक्षाको क्षेत्र एवं महिला रोजगारीको क्षेत्रमा खर्च गर्ने घोषणा गर्नु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।