हामीसँग जोडिनुहोस

भक्तपुरमा नेमकिपाको कीर्तिमान, ३० हजारको फराकिलो मतसहित प्रेम सुवाल विजयी

1 मिनेट

काठमाडौं,८ मंसिर ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा कीर्तिमानी जीत हासिल गरेको छ । नेमकिपाका सचिव प्रेम सुवाल फराकिलो मतान्तरसहित विजयी हुनुभयो ।
सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत प्राप्त गर्नुभयो । दुई उम्मेदवारबीचको मतान्तर ३० हजार ७ सय ९३ छ ।
तेस्रो स्थानमा राप्रपाका भरत खड्काले ९ हजार २ सय २२ मत प्राप्त गर्दा माओवादीका सुनिल गोठेले ५ हजार १ सय ६५ मत प्राप्त गर्नुभयो ।
२०४८ सालदेखि नै भक्तपुरमा नेमकिपाले चुनाव जित्दै आएको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि भक्तपुर १ बाट सुवाल विजयी हुनुभएको थियो ।

 

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।