हामीसँग जोडिनुहोस

रजोनिवृत्ति अर्थात महिनावारी र सरुवा रोगकाबारेमा सचेतना प्रदान

2 मिनेट

भक्तपुर, । महिलाको रजोनिवृत्ति अर्थात महिनावारी र सरुवा रोगकाबारेमा जानकारी दिने उदेश्यले रजोनिवृत्ति अर्थात महिनावारी सचेतना अभियान सुरु भएको छ ।

संगीनि सहकारी र संगीनि अप्टिमिष्ट क्लब भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको सचेतना अभियान सुरु गर्दै मध्यपुरथिमिमा यहाँका महिलाहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा रजोनिवृत्ति अर्थात महिनावारीकाबारेमा जानकारी दिएको हो ।

कार्यक्रममा डा. सुनिता पुनले रजोनिवृत्ति (मेनोपोज) महिनावारी सुक्नु अगाडि एक वर्षसम्म महिनावारी नहुनुकाबारेमा धेरै महिलाहरु अन्योल र त्रासमा रहने भएकाले यसबारे पूर्ण जानकारी लिनु पर्ने बताउनु भयो ।

उहाँले महिलाहरुले आफ्नो प्रसुति स्वास्थ्यबारेमा जान्नैपर्ने विषयमा जानकारी दिदै महिनावारी सुक्नु अगाडि उमेर अनुसार खानपान नमिल्दा अण्डासय र पाठेघरले काम नगर्ने, हर्मोनमा कमी हुने भएकाले प्रसुति स्वासथ्यमा चनाखो रहनु पर्नेमा जोड दिनु भयो ।

डा. पुनले त्यस अबिधीमा शरीरलाई तन्दुरुस्त वनाउन व्यायम गर्नुपर्ने औल्याउदै समयमा निन्द्रा कम लाग्ने, चाडो रिस उठने, चिडचिड पसिना आउने, चिडचिडाहट बढ्ने जस्ता लक्षण देखा परेमा विशेषज्ञ डाक्टरको सल्लाह अनुसार अगाडि वढ्नु पर्ने बताउनु भयो ।

सचेतना अभियानमा सरुवा रोग सम्वन्धी डा.शेरबहादुर पुनले कुनै पनि सरुवा रोगको महामारीमा काम गर्नुपर्दा कसरी आफू सुरक्षित रहेर सेवा पुर्याउने भन्नेबारेमा जानकारी दिनु भयो । उहाँले कोरोनाको समयमा अग्र स्थानमा रहेर जोखिमका साथ नागरिकको सेवामा आफू निरन्तर लागि रहेको स्मरण गर्दै सरुवा रोगबाट जोगिन अपनाउनु पर्ने साबधानीकाबारेमा सचेत गराउनु भएको थियो ।

त्यसअवसरमा नेपाल डिस्ट्रीक अफ अप्टिमिष्ट इन्टरनेशनलका गर्भनर पृथ्वीराज थापाले ३१ मे २०१७ देखी नेपालमा शुरु भएको अप्टिमिष्टकावारेमा जानकारी गराउनु भयो । अप्टिमिष्टले किशोर किशोरीमा सचेतना सम्वन्धी कार्यक्रमहरु गर्दै आइरहेको बताउदै उहाँले पोजेटिभ एजुकेशन कन्सट्रक्टिभ जर्नालिजम (Constructive Journalism) र अप्टिमिष्ट ऐजुकेशन फण्ड स्थापना गरि गरिव तथा जेहेन्दार वालवालिकालाई निःशुल्क शिक्षा दिने अभियान सञ्चालन गरेको बताउनु भयो ।

कार्यक्रममा पार्वती अधिकारी, अन्जना आचार्य, लक्ष्मी मैनाली, ईश्वर ढुङेल र सुवर्ण प्रभा गुरागाई, शारदा सापकोटा चापागाईले सचेतना अभियानले महिलाहरुलाई स्वास्थ्यमा ख्याल पुर्याउन अभिप्ररित गरेको बताउनु भयो । राधादेवी वोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई शारदा सापकोटा चापागाईले प्रायोजन गर्नु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।