हामीसँग जोडिनुहोस

चाँगुनारायण नगरपालिकाको बजेट : एक अर्ब ८४ करोड ५६ लाख २० हजार

3 मिनेट
भक्तपुर, १० असार : चाँगुनारायण नगरपालिकाद्धारा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि एएक अर्ब ८४ करोड ५६ लाख २० हजार ४९३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चाँगुनारायण नगरसभाको १७ औं अधिवेशनमा सभाअध्यक्ष एवं नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छलफलका लागि समय दिएपछि उपप्रमुख रमेश बुढाथोकीले बजेट सार्वजनिक गर्नु भएको हो ।
नगरपालिकाले प्रत्येक वडा कार्यालयसंग पक्कि सडक सञ्जालले जोड्ने गरि सडक सञ्जाल बिस्तार गर्ने भएको छ । बजेटले सबै वडा कार्यालयबाट नगरपालिका जोड्ने सडक कालेपत्रे गर्ने नगर प्रमुखको नीति तथा कार्यक्रमलाई पूर्णता दिन बजेट विनियोजन गरेको छ । १६ औं नगरसभाले बहुवर्षीय ठेक्का आह्वान गरेका योजना सम्पन्न गर्न आगामी आ.ब.का लागि रु. २८ करोड ३८ लाख १३ हजार विनियोजन गरिएको हो ।
नगर सभामा प्रत्येक वडा कार्यालयबाटै विनियोजन एवं खर्च गर्ने गरि प्रत्येक वडा कार्यालयलाई दुई करोडको दरले ९ वटा वडा कार्यालयमा रु. १८ करोड बजेट विनियोजन गरेको छ ।  नगरपालिकाले संघीय र प्रदेश सरकारसँगको समन्वयनमा समपुरक योजना सञ्चालन गर्न ९ करोड ५८ लाख, संघीय र प्रदेश सरकारसँगको समन्वयनमा सशर्तमा संघीय सरकारबाट ४७ करोड ९८ लाख, प्रदेश सरकारबाट ३ करोड ४३ लाख ६३ हजार विनियोजन गरिएको छ ।
नगरबासीलाई खानेपानीको सुविधामा पहुँच बृद्धि गर्न काठमाडौं उपत्यका खानेपानी विकास लिमिटेडलाई खानेपानी योजना संचालन गर्नका लागि २ करोड बजेट छुट्याइएको छ । नगरपालिकाको स्पोर्टस एकेडेमी हल निर्माण गर्न २ करोड, श्रीकृष्ण बहुमुखी क्याम्पस, प्राविधिक विद्यालय तथा विद्यालयको भौतीक तथा शैक्षीक विकास लागि १ करोड बजेट विनियोजन गरिएको छ ।
वडा नंं ५ स्थित दोवान हुँदै सिमल डाँडा जाने सडक निर्माणको लागि १ करोड, वडा नंं ६ को बर्सपार्कबाट पसल डाँडा जाने सडकको लागि १ करोड बजेट र विपद ब्यवस्थापन कोषमा १ करोड विनियोजन गरिएको छ ।  उद्यमशीलता कार्यक्रमको लागि ५ करोड बजेट छुट्याइएको छ । त्यस्तैगरि, नगरपालिका र सो अन्तर्गतका कार्यालयबाट सेवा प्रवाह र विकास ब्यवस्थापन तथा प्रशासनीक खर्च ब्यवस्थापनका लागि ३६ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३० करोड ५५ लाख १० हजार आन्तरिक आय र नगरपालिकाको सञ्चित कोषको मौज्जाद रकम ४ करोड अनुमान गरिएको छ । अधिवेशनको दोस्रो बैठक आगामी २८ गते बस्ने तय भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।