हामीसँग जोडिनुहोस

 म्युजिकल चियरका रुपमा सरकारको नेतृत्व गर्दै ठूला दल : अध्यक्ष यादव

1 मिनेट
भक्तपुर, १० असार : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ठूला दलले म्युजिकल चियरका रुपमा सरकारको नेतृत्व गर्दै आइहेको बताउनु भएको छ ।  रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै उहाँले पुरानै र एउटै अनुहार पटक पटक घुमिफिरी सत्ताको नेतृत्वमा दोहोनिु देशकै लागि दूर्भाग्य भएको बताउनु भएको हो ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष घुमिफिरी पटक पटक सरकारको नेतृत्व गर्न एउटै अनुहार पटक पटक आउदै म्युजिकिल चियरको रुपमा अगाडि बढाएको उहाँले बताउनुभो ।
अध्यक्ष यादवले भन्नुभयो, “हामीले दशको विकास, शुसासन, पारदशीइता, दुरुदर्शिता, समावेशीलगायतका विषय र कुरा उठान गरेर सरकारलाई समर्थन गरेका थियौँ, त्यो अनुसार सरकार चलेन, हामीले भने जस्तो नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा हाम्रो पार्टी पुगेको हो । तर हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन ।”
उहाँले देशको नेतृत्वमा आएका सरकारहरु म्युजिकल चियर रुपमा मात्रै अगाडि बढेको आरोप लगाउनुभयो । यादवले वर्तमान् सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएपछि सञ्चारकर्मी यसअघिका तपाईको पार्टी सहभागि भएको सरकारले जनमुखी काम गरेका थिए त ? भन्ने प्रश्न राखे पछि उहाँले अहिले सम्मका सरकारको नेतृत्व म्युजिकल चियरको रुपमा अगाडि बढेको आराृप लगाउनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, “राजनीतिक नेतृत्वको पुरानोपन, थकित अनुहार र सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको छ । फरक दल भएपछि पटक पटक एउटै अनुहार सरकार नतृत्वमा दोहोरिएर उस्तै अनुहारको म्युजिकल चियरले देश थलिएको छ । त्यसैले अब युवा पुस्ताले सरकारको नेतृत्वमा अग्रसर हुनु पर्छ ।” जुनसुकै पार्टी सरकारको नेतृत्वमा आएपनि अब युवा पुस्तालाई अगाडि बढाउनु पर्ने उहाँको भनाइ थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।