हामीसँग जोडिनुहोस

नगरपालिकाको विकास र नगरवासीको सम्बृद्धिको यात्रामा नगरकोट भ्रमण वर्ष हामी सबैको हो : नगर प्रमुख खत्री

3 मिनेट

========================================================

नगर प्रमुख जीवन खत्रीले भन्नुभयो, “हाम्रो क्षेत्रमा भएको सबै कला, संस्कृति, परम्परा, ऐतिहासिकतालाई हामी सबैको अपनत्व र हामी सबैको सहभागिताले हाम्रो जीवनलाई खुसी, हासो ल्याउँदै विकास र सम्बृद्धिको यात्रामा सबैको साथ र सहयोगले सम्बृद्ध नगरपालिका, खुसी नगरवासी बनाउन अभियान सहितको उदेश्यले नगरकोट भ्रमण वर्षलाई मिलन बिन्दुका रुपमा अगाडि बढाएका हौ । यसले हाम्रो नगरपालिकाको सम्बृद्धिको नक्सा कोर्ने विश्वास छ ।”

========================================================

काभ्रे (मण्डन देउपुर) १५, असार । २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवको अवसरमा आज काभ्रेका मण्डन देउपुरमा आयोजना गरिएको राष्ट्रिय धान दिवस सम्पन्न भएको छ ।

नगरकोट भ्रमण वर्ष–२०८२ को प्रचार प्रसार समेत गर्ने उदेश्यले मण्डन देउपुर नगरपालिका–८ ढाईटार कुन्तावेशीमा आयोजना गरेको राष्ट्रिय धान दिवसमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाको विकास र सम्बृद्धिको यात्रामा नगरकोट भ्रमण वर्ष सुरु भएको बताउनु भयो ।

चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेका धान दिवसमा उहाँले कृषिमा आत्मनिर्भर बनाएर हामीलाई चाहिने सबै कुरा आफनै नगरपालिकामा विषादी रहित खेतीको प्रबर्धन गर्दै उत्पादन गर्नु पर्ने बताउनुभयो ।

नगर प्रमुख जीवन खत्रीले भन्नुभयो, “हाम्रो क्षेत्रमा भएको सबै कला, संस्कृति, परम्परा, ऐतिहासिकतालाई हामी सबैको अपनत्व र हामी सबैको सहभागिताले हाम्रो जीवनलाई खुसी, हासो ल्याउँदै विकास र सम्बृद्धिको यात्रामा सबैको साथ र सहयोगले सम्बृद्ध नगरपालिका, खुसी नगरवासी बनाउन अभियान सहितको उदेश्यले नगरकोट भ्रमण वर्षलाई मिलन बिन्दुका रुपमा अगाडि बढाएका हौ । यसले हाम्रो नगरपालिकाको सम्बृद्धिको नक्सा कोर्ने विश्वास छ ।”

उहाँले असार १५ एउटा जिवन्त इतिहास बोकेको दिन भएको चर्चा गर्दै यो दिन मानो रोपेर मुरी फलाउने दिन भएको र यस दिनमा सबैले खुसीले दही चिउारा खाएर उत्सवको दिनको रुपमा मनाएको बताउनुभयो ।

कार्यक्रममा वागमति प्रदेश सरकारका पूर्व मन्त्री एवं नेकपा समाजवादीका प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले उद्घाटन गर्दै सरकारले धानमा नेपाललाई आत्मनिर्भर बनाउने कार्यक्रम लाग्नु पर्ने बताउनुभयो । उहाँले किसानलाई राहत, आधुनिक प्रबिधि हस्तान्तरण गर्दै रासायनीक मलको समस्या हल गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिकाका प्रमुख शान्तिराम श्रेष्ठलगायतले नगरकोट भ्रमण वर्ष उत्सवको रुपमा मनाएको बताउनुभयो ।

कार्यक्रममा चाँगनारायणका प्रशासकीय प्रमुख मोहन कुमार श्रेष्ठ, नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयका सदस्य सचिव गोविन्द कटेल एवं सदस्यहरु, नगरकोट नाल्दुम पर्यटन विकास समितिको पदाधिकारीहरु एवं सदस्यहरु, स्थानीयवासीलगायतले धान दिवसको अवसरमा धान रोपेर उत्सवका रुपमा मनाएका थिए । कार्यक्रममा इन्द्रेणी समूहका अध्यक्ष कृष्ण कडेँल नेतृत्वको साँस्कृतिक टोलीले लोक गीतले थप मनोरञ्जन दिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।