
काठमाडौं, २५ पुस ।
नेपाल टी–२० लिग क्रिकेटमा सोमबार ‘प्लेअफ’ को दोस्रो खेल हुँदैछ। प्लेअफमा आज इलिमिनेटरको खेल हुदैछ ।
काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुन लागेको हो। खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न १२ बजे सुरु हुनेछ। यो लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले दुई खेल खेलेकामा १/१ खेल जितेका छन्। विराटनगरले तेस्रो तथा काठमाडौंले चौथो स्थानमा रहँदै समूह चरण पार गरेका थिए । विजेताले आइतबारको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाइनल प्रवेशका लागि खेल्नेछ। पराजित हुने प्रतियोगिताबाट बाहिरिने छ। लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। तेस्रोले १० लाख र चौथोले ५ लाख पाउने छन्।